National Labour Resource Centre

OPAC(Online Public Access Catalouge)

नेपालमा कृषि क्रन्तिः सम्भावनाका आयाम

आधुनिक प्रविधिको विकास नगरेसम्म कृषिको पनि विकास सम्भव हुँदैन। अन्तत: वित्तीय व्यवस्थापन र कर्जाको व्यवस्थापन नगरी कृषिको आधुनिकीकरण ठीकसँग हुन सकिहेको छैन। यसमा सुधार गरेर बैँकिङ कारोबारतर्फ नजाने हो भने कृषिको आधुनिकीकरण र वैज्ञानिकरण हुन सक्दैन। परम्परागत कृषिले देशको विकास हुन सक्दैन। - डा. बाबुराम भट्टराई भूमिसुधार र कृषिसुधारलाई अलग्गै टापुका रुपमा होइन, समग्र पुन:संरचनाको अंगका रुपमा अगाडि नबढाउने हो भने मधेसले फेरि पनि स्वीकार गर्ने अवस्था आउँदैन। समग्र सामाजिक, आर्थिक र राजनीतिक सुधारको जुन प्रक्रिया अहिले चल्दै छ, त्यसलाई जनपक्षीय बनाउने हो र त्यसको एउटा अंगका रुपमा भूमिसुधार र कृषिसुधारलाई लिने हो भनेमात्र मधेसी जनताले स्वीकार गर्ने अवस्था आउनेछ। -जितेन्द्रनारायण देव